अधिकारी समाजको रक्तदानमा ६० युनिट रगत संकलन

पाेखरा | जेठ ३१, २०८२

अधिकारी समाजको रक्तदानमा ६० युनिट रगत संकलन

पोखरा:  अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा  ६० जनाले रक्तदान गरेका थिए । 


समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए ।


कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरे । 


कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे । 


उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए ।


प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए ।


कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् ।


अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्